News चोकमागु, चिलिङदिन र आयोजक क्वाटरफाइनलमा
रमेश समदर्शी

इम्बुङ, (पाँचथर) । आयोजक, चोकमागु युथ क्लब र एभरग्रिन एफसी चिलिङदिन टु स्टार ग्रामीण सिर्जनशील क्लबद्वारा बराहक्षेत्र कार्तिके पूर्णिमा मेला २०८० को अवसरमा आयोजित खुल्ला पुरुष फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्थानीय सत्यहाङ्मा माविको खेलमैदानमा शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा पिवाईसी सखेवालाई चिलिङदिनले १-० गोलले पराजित गरेको हो । उसका लागि मनिष योङहाङले गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै, दोस्रो खेलमा दोस्रो खेलमा चोकमागुले पौवा सारतापको सुनाखरी युथ क्लबविरुद्ध टाइब्रेकरमा जित निकालेको हो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेको थियो ।

खेलमो चोकमागुका लागि दिपेश लिम्बूले गोल गरेर अग्रता दिलाएका थिए तर सारतापका लागि श्याम तामाङले गोल गरेर बराबरीमा ल्याएका हुन् । टाइब्रेकरमा चोकमागुले ४-२ गोलअन्तरमा बाजी मार्यो ।

अन्तिम खेलमा आयोजकले असिने एफसी रानीटारमाथि गोलवर्षा गर्यो । आयोजकको जितमा ४-१ गोलको नतिजा निस्किएको थियो । जसमा जसहाङ नेम्बाङले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेका छन् ।

आयोजककै लागि धनकुमार लिम्बूले एक गोलको योगदान दिए भने रानीटारका लागि गौरव राईले पेनाल्टीमार्फत सान्त्वना गोल गरेका हुन् ।

मोलि (आइतबार) प्रिक्वाटर फाइनलका चार खेल हुनेछन् । १६ वटा टोली सहभागी प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । विजेताले १ लाख ५ हजार पाउँदा उपविजेताले ६५ हजार ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।
 
Post Comments