News प्रभावशाली जितका साथ थ्रीस्टार सेमिफाइनलमा
गोलनेपाल

पोखरा । खेलको अन्तिमतिर इन्जुरी समयतर्फ एक मिनटको अन्तरालमा दुई गोल गरेपछि रुस्लान थ्रीस्टार क्लब सहज जितका साथ जारी १८औं आहा! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा थ्रीस्टारले गान्तोक सिटी एफसीलाई ३–० ले हरायो । थ्रीस्टारको जितमा सुसन श्रेष्ठले दुई गोल गरे । पोखरा रंगशालामा भएको खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ७९औं मिनटमा सन्जोक राईको गोलबाट थ्रीस्टार खेलमा अग्रता बनाएको थियो । यद्यपि इन्जुरी समयको ९०+२ र ९०+३औं मिनटमा सुसन श्रेष्ठले लगातार दुई गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

खेलमा दुई गोलकर्ता सुसन श्रेष्ठ नै म्यान अफ द म्याच घोषित भए । थ्रीस्टारले सेमिफाइनलमा अब फागुन २८ गतेका दिन नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत फागुन २७ गतेको अन्तिम क्वाटरफाइनल खेल संकटा क्लब र त्रिभुवन आमीृ क्लबबीच हुनेछ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल चेत्र १ गतेका दिन हुनेछ ।

Post Comments