News
गाैरिगंगा र घाेडाघाेडि सेमिफाइनलमा
बाैनिया । प्रथम मुख्यमन्त्री पालिकास्तरिय कैलालि जिल्लाव्यापि फुटबल प्रतियोगिता २०८० अन्तरगत आइतबार भएका खेलहरु जित्दै गाैरिगंगा र घाेडाघाेडि नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता काे पहिलो क्वाटरफाइनल खेलमा गाैरिगंगा नगरपालिकाले लम्किचुहा(ब्वाइज युनियन) लाई टाइब्रेकरमा तीन दुईको गाेल अन्तरले हराउदा दाेस्राे क्वाटरफाइनल खेलमा घाेडाघाेडि नगरपालिकाले जाेशिपुर गाउपालिका माथि तीन शुन्यकाे जित दर्ता गरेको हाे ।
यस्तै प्रतियोगितामा साेमबार बाकी दुई क्वाटरफाइनल खेलहरु हुने आयाेजकले जानकारी दिएको छ । साेमबार पहिलो खेलमा धनगढी उपमहानगरपालिका र टिकापुर नगरपालिका (ए) बिच प्रतिस्पर्धा हुदा अन्तिम क्वाटरफाइनल खेलमा लम्किचुहा (बिएस -१५) र भजनि नगरपालिका बिच प्रतिस्पर्धा हुनेछ ।
मंसिर १३ गतेबाट सुरु भएको प्रतियोगितामा कैलाली जिल्लाका विभिन्न १० पालिकाका १६ टिमहरुकाे सहभमगिता रहेकाे छ । प्रतियोगिता समापन मंसिर २१ गते हुनेछ । प्रतियोगिताकाे बिजेताले पुरस्कार स्वरुप नगद २ लाख १ हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप पाउँदा दाेस्राे हुनेमा टिमले पुरस्कार बाफत नगद १ लाख ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप पाउनेछन् ।
Post Comments
Related News
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने