News संघर्षपुर्ण जितका साथ आयोजक समपुर्ण सेमिफाइनलमा
सुरज राना मगर

सुपौली । संघर्षपुर्ण जितका साथ आयोजक समपुर्ण युवा क्लब, सुपौली यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनलतर्फ समपुर्णले देवदह ब्वाईज, देवदहलाई टाईब्रेकरमा ४–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पेनाल्टी शुटआउटमा विपक्षीका दुई प्रहार जोगाएका समपुर्णका टोप बहादुर राना म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत मंसिर १९ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र न्यु राईज युथ क्लब, बभनीबीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।

Post Comments