News सातौं पाङ्गमा कप पौष पहिलो सातादेखि
गोलनेपाल

पाङ्गमा । उधौली सकेला धान्य पूर्णिमाको अवसर पारी आउँदो पौष ७ देखि १३ गतेसम्म सातौं पाङ्गमा कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । भगिवन्त रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारीहरु पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ८१ हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई सान्त्वना पुरस्कार स्वरुप जनही २५–२५ हजार नगद प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारसहित ट्रफी प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई जनही ५–५ हजारसहित ट्रफी प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित स्मार्ट फोन प्रदान गरिने आयोजकले जानकारी दियो ।

 

Post Comments