News
एनएसएलः झापा र बिरगंज बराबरीमा रोकिए
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ दुई नवप्रवेशी टोली झापा फुटबल क्लब र बिरगंज युनाइटेड फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
दशरथ रंगशालामा भएको खेलमा झापा दश खेलाडीमा सिमित बन्दा पनि बिरगंजले त्यसको फाईदा उठाउन सकेन । योगेश गुरुङले रातो कार्ड खाँदै मैदान छाड्दा झापा दश खेलाडीमा सिमित बन्न पुगेको थियो । तर पनि झापाली टोली बिरगंजसँग बराबरी खेल्न सफल भयो ।
खेलमाउत्कृष्ट प्रदर्शन गरेका बिरगंजका कप्तान तथा गोलरक्षक दिप कार्की म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
यो नतिजापछि ४ खेलबाट ३ अंक जोडेको झापा र २ अंक जोडेको बिरगंज लिगतालिकाको पुछारको दुई स्थान क्रमशः आठौं र नवौं स्थानमा छन् । र, यी दुवै टोली अझै पनि जितविहीन छन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न