News सुपर लिगमा आजः पोखरालाई बिरगंजको चुनौति, चितवनसँग इलामको टक्कर
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शनिबार हुने दुई खेलहरुमा दिनको १ बजेदेखि शुरु हुने पहिलो खेलमा बिरगंज युनाइटेड र पोखरा थन्डर्स भिड्दै छन् भने साँझ ५ बजेदेखि शुरु हुने खेलमा पुछारका दुई टोली एफसी चितवन र स्र्पोटिङ इलाम भिड्दै छन् ।

लिगतालिकामा ५ खेलबाट ८ अंकका साथ चौथो स्थानमा रहेको पोखरा आज शिर्षताका लागि बिरगंजसँग भिड्दैछ । उता ५ अंकका साथ लिगतालिकाको सातौं स्थानमा रहेको बिरगंजलाई प्ले अफको सम्भावना कायम राख्न आज पोखरा विरुद्ध जित्नै पर्ने दबाब पनि हुनेछ ।

त्यस्तै दोस्रो खेलमा ६ खेलबाट ५ अंकसहित लिगतालिकाको आठौं स्थानमा रहेको चितवनसँग पनि प्ले अफ खेल्ने झिनो सम्भावना कायम छ । त्यसका लागि ४ अंकका साथ पुछारमा रहेको इलाम विरुद्ध चितवनले निश्चित जित हात पार्नुपर्नेछ ।

Post Comments