News धनगढीको शिर्षता यथावत
गोलनेपाल

काठमाडौं । लिगलिडर धनगढी फुटबल क्लबले जारी दोस्रो नेपाल सुपर लिग (एनएसएल) मा आफ्नो शिर्षतालाई कायम राखेको छ । सोमबार भएको एक मात्र खेलमा धनगढीले काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेले तापनि शिर्षतालाई भने कायम राख्न सफल भएको हो ।

दशरथ रंगशालामा शुरुवाती अग्रता बनाएर पनि धनगढीले त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य बन्यो । खेलको १४औं मिनटमा अहमद हिजाजीको गोलबाट धनगढीले खेलमा अग्रता बनाएको थियो । तर, दोस्रो हाफको ओभिलर किंग्वीले काठमाडौंका लागि बराबरी गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलमा काठमाडौंका ओलिभर नै प्लेयर अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे । यो नतिजापछि ६ खेलबाट १२ अंक जोडेको धनगढी शिर्ष स्थानमा यथावत छ । काठमाडौं भने ९ अंकका साथ चौथो स्थानमा छ ।

Post Comments