News फराकिलो जितका साथ मुनाल फाइनलमा
गोलनेपाल

झापा । सहज जीतका साथ मुनाल क्लब चन्द्रगढी जारी वाइ–वाइ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलमा आयोजक सृजनशिल युवा समाजलाई ६–१ को फराकिलो अन्तरले हराउँदै मुनाल उपाधि नजिक पुगेको हो । बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्ना स्थित गणेश माविको खेलमैदानमा सम्पन्न खेलमा मुनालका लागि तेस्रो मिनटमै बिकास राईले पहिलो गोल गरेका थिए ।

आयोजकका लागि बबिन बोहराले एक गोल गरे । तर लगतै ११ र १७औं मिनटमा शक्ति राईले लगातार दुई गोल गर्दै मुनालको अग्रता ३–० मा पुर्याए । त्यस्तै खेलको ४३ र ४८औँ मिनेटमा सबिन मगरले थप दुई गोल गरे भने अन्तिमतिर प्रबिन राईले थप एक गोल गर्दै आयोजकको फराकिलो जित पक्का गरे ।

खेलको म्यान अफ द म्याच चन्द्रगढीका शक्ति राई घोषित भए । प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाइनल खेल पुर्वेली युथ क्लब बिर्तामोड र झापा एफसी राजगढ बीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैँया र उप–विजेताले नगद ३० हजार रुपैँया सहित ट्रफी, प्रमाण–पत्र प्राप्त गर्ने खेल संयोजक नरेन्द्र कुमार जवेगुले बताए ।

Post Comments