News ब्राण्ड एम्बेसडर बने एरिक
गोलनेपाल

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य एरिक बिष्टले फुटबल मैदान बाहिर पनि अर्को भूमिका निभाउने जिम्मेवारी पाएका छन् । मोफसलमा रहेर अन्तर्राष्ट्रिय स्तर मै चर्चा कमाईरहेको चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्सले एरिकलाई आफ्नो ब्राण्ड एम्बेसडर बनाएको छ ।

नेपाल सुपर लिग (एनएसएल) तर्फ बुटवल लुम्बिनी फुटबल क्लबका मार्की खेलाडी तथा कप्तान समेत रहेका एरिकले आफूले यो नयाँ जिम्मेवारी पाएकोमा खुशी व्यक्त गरे । फुटबल मै रहेर व्यवसायीक रुपमा नयाँ भूमिका पाउँदा आफू उत्साहित पनि रहेको प्रतिक्रिया दिए ।

स्मरण रहोस, रुपन्देहीमा मुख्यालय रहेको यशोदा फुडसले करेन्ट ब्राण्डको चाउचाउ, चिज बल्स, कुरकुरे लगायतका लोकप्रिय प्याकिङ खाजा उत्पादन गर्दै आएको छ । साथै कम्पनीले विभिन्न खेलकुदसँग सहकार्य गर्दै रुपन्देही कै प्रतिष्ठित तिलोत्तमा गोल्डकपलाई पनि केही वर्ष यता प्रायोजन गर्दै आईरहेको छ ।

Post Comments