News यु–१६ र यु–१९ महिला खेलाडी छनौट शुरु
गोलनेपाल

काठमाडौं । साफ यु–१६ र साफ यु–१९ महिला च्याम्पियनसिपमा सहभागिता जनाउन नेपालको राष्ट्रिय टोली तयार पार्न खुला छनौट कार्यक्रम आयोजना गरिए बमोजिम बागमती प्रदेशको धुलिखेलमा पनि छनौट कार्यक्रम शुरु भएको छ ।

छनौट कार्यक्रममा महिला फुटबल खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको छ । छनौट कार्यक्रमका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका सबै प्रदेश र जिल्ला फुटबल संघहरुलाई पत्राचारसहित जानकारी गराएको थियो ।

त्यस्तै अन्य जिल्ला र प्रदेशहरुमा पनि छिटै छनौट कार्यक्रमहरु शुरु हुँदैछ । स्मरण रहोस, साफ यु–१६ महिला च्याम्पियनसिप आगामी मार्चदेखि नेपाल मै आयोजना हुने कार्यक्रम छ भने साफ यु–१९ महिला च्याम्पियनसिप आउँदो फेब्रुअरीदेखि बंगलादेशमा शुरु हुँदैछ ।

Post Comments