News गणेश हिमाल प्रिक्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं । गणेश हिमाल सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चावहिल गणेशथान मैदानमा गणेश हिमालले श्रमशीललाई २–० गोलले पराजित गर्यो । गणेश हिमालका दिप्लव र रोशनले समान १–१ गोल गरे ।

उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा विनायक, प्रारम्भ र बृहस्पति विद्या सदन पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

विनायकले ज्ञानचक्षुलाई १–० गोलले हरायो । जेसाङ बम्जनले निर्णायक गोल गरे । प्रारम्भले ऋत एकेडेमीलाई ३–२ गोलले पाखा लगायो । प्रारम्भका रुपेश खड्काले २ तथा नितेश राउतले १ गोल गरे । ऋतका प्रतीकले २ गोल फर्काए ।

बृहस्पतिले मनकामनामाथि १–० को कठिन जित दर्ता ग¥यो । विजयी टिमका लागि दिपन श्रेष्ठले १ गोल गरे । लुम्बिनी पनि प्रिक्वाटरफाइनलमा पुग्यो ।

Post Comments