News गोलनेपालका फोटो पत्रकारमाथि बाँसबारी क्लबका समर्थकको दुव्र्यवहार
गोलनेपाल

काठमाडौं । यहाँ जारी बी डिभिजन लिग फुटबल प्रतियोगितातर्फ गोलनेपाल डटकमका फोटो पत्रकार अनिश सखकर्मी बाँसबारी क्लबका समर्थकबाट दुव्र्यवहारको शिकार भएका छन् ।

आइतबार एन्फा कम्प्लेक्समा सम्पन्न बाँसबारी क्लब र नयाँवस्ती युवा क्लबबीचको खेलमा बाँसबारीले १–० को हार बेहोरेको थियो । सो खेलका क्रममा बाँसबारीले गोल खानु र आफूहरुले गरेको गोललाई रेफ्रीले अस्वीकृत गर्नुले कम्प्लेक्समा रहेका क्लबका समर्थकहरु आक्रोशित र क्रुद्ध बन्न पुगेका थिए ।

सोही बेला कम्प्लेक्समा रहेका गोलनेपालकर्मी अनिश सखकर्मीले आफ्नो दैनिकी कार्य गरिरहेकै बेला उनीमाथि बाँसबारी क्लबका समर्थकहरुले अपशब्द प्रयोग गर्नुका साथै हातपात गर्ने प्रयास समेत गरेका थिए । साथै उनीहरुले सखकर्मीलाई भिडियो नखिच्न धम्की दिंदै आक्रमण गर्ने प्रयास समेत गरेका थिए ।

हाम्रा गोलनेपालकर्मी माथि भएको यो दुव्र्यवहारलाई लिएर हामी स्तब्ध छौं र यसको घोर भत्र्सना गर्दछौं । साथै हामीले बाँसबारी क्लब र क्लबका समर्थकहरु विरुद्ध एन्फामा उजुरी समेत दिनेछौं । यो घट्नाबारे हामी एन्फासँग निष्पक्ष छानबिनका लागि जोडदार माग समेत गर्दछौं ।

हेर्नुहोस घट्नाको भिडियोः

Post Comments