News उदयपुरमा दोस्रो वडा अध्यक्ष गोल्डकप हुँदै
गोलनेपाल

त्रियुगा । फ्युजन फुटबल क्लब, उदयपुरको आयोजनामा आउँदो माघ १६ गतेदेखि दोस्रो वडा अध्यक्ष गोल्डकप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित गंगा खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जनाएको छ ।

वडा युवा तथा खेलकुद विकास समिति, त्रियुगा–१०, बोक्से, उदयपुरको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

जिल्ला फुटबल संघ, उदयपुरको प्राविधिक सहयोग रहने प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments