News आयोजक मालेपाटनलाई उपाधि
उमेश पुन

पोखरा । प्रथम मालेपाटन कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक मालेपाटन युवा क्लबले नै जितेको छ ।

पोखरा–५ स्थित मालेपाटन खेलमैदानमा भएको फाइनल भिडन्तमा मालेपाटनले केआइइसी बुन एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको मालेपाटनले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्यो भने उपविजेता बुनले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यीक्तगत विधातर्फ बुन एफसीका मनोज गुरुङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । मालेपाटनका सन्दिप क्षेत्री उत्कृष्ट गोलरक्षक बन्दा बिकेश परियारले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे ।

मालेपाटन युवा क्लब, पोखराको आयोजनामा पुस २४ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल २८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments