News चीनीया युथ टोलीसँग खेल्ने नेपाली युथ प्रारम्भिक टोली घोषणा
गोलनेपाल

काठमाडौं । चिनिया नयाँ वर्षको अवसर पारी आउँदो फेब्रुअरी १० तारीखका दिन नेपालको युथ टोली र चीनको किंग्घाई युथ फुटबल टिम बीच हुने मैत्रीपूर्ण फुटबल म्याचका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

प्रारम्भिक टोलीमा नेपालको सिनियर टिममा स्थान बनाईसकेका आयुष घलान, मनिष डाँगी, लाकेन लिम्बु जस्ता खेलाडीहरु पनि सामेल छन् । नेपाल र चिनिया टोली बीचको उक्त खेल दशरथ रंगशालामा अपरान्ह ३ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।

नेपालको प्रारम्भिक स्क्वाडः

गोलकिपर्सः क्रिष्टल मोक्तान, जियारथ शेख, बिशाल सुनार, पुजन होना, सन्तोष महत

डिफेन्डर्सः असिम भुषाल, पदम भट्टराई, अन्जल महर्जन, योगेश गुरुङ, सुमित श्रेष्ठ, छिरिङ लामा, बिशाल बस्नेत, आश्विन घोरासैनी, अजय चौधरी

मिडफिल्डर्सः प्रशान्त लक्षम, दिपेश गुरुङ, लाकेन लिम्बु, रोहन कार्की, सन्तोष खत्री, उत्सव राई, मनिष डाँगी, चन्दन कुमार दास, अभिषेक गुरुङ्ग

फरवार्डसः आयुष घलान, कुशल देउवा, दिनेश हेन्जन, आशिक बाबु चौधरी, दिपेश आले मगर, समिर तामाङ, सन्जिव बिष्ट, सबिन लुंगेली मगर, निराजन धामी

 

ि

Post Comments