News एन्फाद्वारा फुटसल कमिटीमा फेरबदल
गोलनेपाल

काठमाडौं । आन्तरिक विवादमा रुमल्लिरहेको हल्ला चलिरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल कमिटीमा फेरबदल गरेको छ ।

जसअन्तरगत एन्फाले संयोजक दावा कुंगा लामालाई हटाएर उक्त पदमा रत्न कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठ एन्फाको कार्यसमिति सदस्य समेत हुन् । यद्यपि कमिटीका अन्य सदस्यहरुमा भने पुरानै अनुहार रहेका छन् ।

श्रोतका अनुसार पदबाट हटाइएका लामा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकट नेम्वाङका निकट मानिन्छन् । स्मरण रहोस, नेम्वाङले हाल एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टी प्रकट गर्दै आवाज उठाइरहेका छन् ।

त्यस्तै एन्फाले कार्यसमितिका सदस्यद्वय शिक्षित पराजुली र बिर बहादुर खड्कालाई क्रमशः पदपुर्ति समिति र एमए समन्वय समितिको संयोजकमा नियुक्त गरेको छ ।

Post Comments