News राष्ट्रिय फुटबल टोलीको भिडियो कन्फिरेन्स
गोलनेपाल

काठमाडौं । नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीले फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटको तयारीका लागि भिडियो कन्फिरेन्समार्फत आवश्यक अन्तरक्रिया गरेको छ ।

भिडियो कन्फिरेन्समा सहभागी मुख्य प्रशिक्षक योहान कालिन सहित अन्य अफिसियल तथा खेलाडीहरुले अन्तरक्रिया तथा आवश्यक तयारीबारे छलफल गरेका थिए ।

स्मरण रहोस, छनौट प्रतियोगितातर्फ नेपालले चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डन विरुद्ध घरेलु मैदान मै तीन खेलहरु खेल्न बाँकी छ । कोरोना भाइरसको महामारीका कारण स्थगन गरिएको छनौट प्रतियोगिताहरुको नयाँ मिति पनि तय भईसकेको छ ।

उता अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि जुलाई महिनाको दोस्रो सातादेखि आवश्यक सर्तकता अपनाएर राष्ट्रिय फुटबल टोलीको अभ्यास शुरु गर्ने जनाइसकेको छ ।

Post Comments