News आयोजक चाँदनी सेमिफाइनलमा
गोलनेपाल

रोमाञ्चक जितका साथ आयोजक चाँदनी युवा क्लब, दानापुर जारी छैठौं चाँदनी कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कञ्चन गाउँपालिका–१, दानापुर तालस्थित आयोजक क्लबको मैदानमा बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा चाँदनीले फर्साटिकर युवा क्लब, सौ–फर्साटिकरलाई ३–२ ले हरायो । आयोजक चाँदनीको जितमा बिबेक पुनले दुई गोल भने बिमल श्रीसले एक गोल गरे ।

उता पराजित फर्साटिकरका लागि महेन्द्र खत्री र निशान्त सुनारले गोल गरे । बुधबारको खेलमा चाँदनीका लागि दुई गोल गरेका बिबेक पुन खेलको म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत असोज २५ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल सिद्धार्थ युवा क्लब, चपरहट्टी र गोर्खा ब्वाईज क्लब, बुटवल बीच हुने आयोजक क्लबका सचिव जुक्त थापाले जानकारी दिए ।

चाँदनी युवा क्लब, कञ्चन गाउँपालिका–१ दानापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख एक सय प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार पचास रुपैया प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीलाई जनही १२–१२ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै उत्कृष्ट व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो असोज ३१ गते हुनेछ ।

Post Comments