News नेपाल र सिरिया आज भिड्दै
गोलनेपाल

काठमाडौं । साउदी अरेबियामा शुरु भएको वाफ महिला च्याम्पियनसिपतर्फ पहिलोपटक सहभागिता जनाईरहेको नेपालले आज आफ्नो पहिलो खेल्दैछ । समूह बी मा रहेको नेपालले आज सिरियाको सामना गर्दैछ ।

फिफा वरियतामा नेपाल हाल १०५औं स्थानमा छ भने सिरिया १६०औं स्थानमा छ । तुलनात्मक रुपमा हेर्दा नेपाल भन्दा केही कमजोर देखिए तापनि खेलमा कुनै प्रतिद्वन्द्वीलाई कमजोर आँक्न नसकिने कुरा नेपाली टोलीले राम्रोसँग बुझेको हुनुपर्छ ।

खेल नेपालाी समयअनुसार बेलुका ७ः४५ बजेदेखि जेद्दाह शहर स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा हुनेछ । नेपाल जितका साथ प्रतियोगितामा सुखद शुरुवात गर्ने योजनामा पनि हुनेछ ।

समूह बी मा नेपाल र सिरिया बाहेक प्यालेस्टाइन र इराक पनि छन् । त्यस्तै समूह ए मा आयोजक साउदी अरेबियासँगै साविक विजेता जोर्डन, लेबनान र गुआम रहेका छन् ।

लेबनान र जोर्डनको विजयी शुरुवात

त्यस्तै समूह ए तर्फ गत संस्करणका दुई फाइनलिस्ट लेबनान र जोर्डनले विजयी शुरुवात गरेका छन् । गत संस्करणको उपविजेता रहेको लेबनानले उद्घाटन खेलमा गुआमलाई ४–३ ले हरायो भने साविक विजेता जोर्डनले घरेलु टोली साउदीलाई ३–१ ले निराश तुल्यायो ।

 

Post Comments