News नेपाली फुटबलको नियतिः खेलाडी विदेशिने क्रम जारी
गोलनेपाल

काठमाडौं । पछिल्लो समय यता एन्फाको आन्तरिक कलह, फितलो व्यवस्थापन र अनिश्चित फुटबल गतिविधी कै कारण सुनिश्चित भविष्यको खाका कोर्न विदेशिने नेपाली खेलाडीहरुको लर्को नै लागिसकेको छ । यही लर्कोमा अब रुपेश अधिकारी पनि थपिएका छन् ।

सोसल वेलफेयर स्पोर्टस सेन्टर क्लबका लागि सी डिभिजन खेलेका र मिडफिल्डमा राम्रो सम्भावना बोकेका अधिकारीले पनि नेपाल मै रहेर फुटबलमा आफ्नो भविष्य नदेखेपछि विदेशिने निर्णय लिएका हुन् । उनी सुनिश्चित भविष्यका लागि दुबई पुगेका छन् ।

अधिकारीका अनुसार उनले दुबईमा नयाँ क्लब पनि पाइसकेका छन् । कामसँगै फुटबल खेललाई पनि निरन्तरता दिने सोंचमा रहेका अधिकारीले दुबईमा नेपाली समुदायद्वारा स्थापित रोयल गुर्खा फुटबल क्लबका लागि खेल्नेछन् ।

अधिकारीका अनुसार देश मै खेल्ने र कमाउने सम्भावना नदेखेर विदेशिने खेलाडीहरुको सूची अझै लम्बिने बताउँछन् । यसबारे सम्बन्धित निकायले गम्भिरताका साथ चासो लिएर आवश्यक कदम चाल्नुपर्ने अधिकारीको भनाई छ ।

Post Comments