News आदर्शको जितमा दिवशको ह्याट्रिक
गोलनेपाल

बुद्धशान्ति । आदर्श एकडेमी, बिर्तामोड यहाँ जारी प्रथम अमर युवा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा अर्जुनधाराको लक्ष्मीधाप एफसीलाई ७–४ गोल अन्तरले पराजित गर्दै आदर्श एकडेमीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा लक्ष्मीधाप एफसीले सुरुवाती अग्रता बनाएपनी नतिजा आफ्नो पक्षमा पार्न सकेन । आदर्शको जितका लागि दिवस बास्तोलाले ३ गोल गर्दै ह्याट्रिक पुरा गरे भने साहिल धिमालले २, पवन बास्के र समिर हेमरनले गरेको १/१ गोलले फराकीलो जित निश्चित बनाएको थियो ।

त्यस्तै लक्ष्मीधाप एफसीका लागी रोहन राईले २ गोल, कृितन विसुङ्ख, सुजन विस्वकर्माले १/१ गोल गरे पनि जितका लागी पर्याप्त बन्न नसक्दा प्रतियोगीताबाट बाहिरीएको छ । खेलमा ह्याट्रिक गरेका दिवस बास्तोलाले म्यान अफ दि म्याच बन्दै नगद १ हजार प्राप्त गरे । 

अमर युवा क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १९ गतेका दिन हुनेछ ।

Post Comments