News कञ्चन कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

डियोबजार । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ यही फागुन १६ गतेदेखि शुरु हुन गईरहेको कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताकोे तयारी पूरा भएको छ ।

कञ्चन गाउँपालिका–४, डियोबजार स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । साथै प्रतियोगिताको खेलतालिका पनि यसअघि नै सार्वजनिक गरिसकिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा फागुन १६ गतेका दिन फुलबारी गाईज, बुटवल र कपिलवस्तु–११ भिड्ने छन् । रुपन्देही, नवलपरासी, कपिलवस्तुका गरी कुल १० टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल फागुन २५ गतेका दिन हुनेछ ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, डियोबजारको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १५ हजार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।

यसपटक दर्शकहरुको सुविधाका लागि अस्थायी प्यारापिटको पनि निर्माण गरिएको अध्यक्ष थापाले बताए । साथै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको पनि अध्यक्ष थापाले अनुरोध गरे ।

Post Comments