News बुट्टाबारी सेमिफाइनलमा
गोलनेपाल

बुद्धशान्ति । बुट्टाबारीे युनाइटेड यहाँ जारी प्रथम अमर युवा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी, अर्जुनधारालाई १–० गोल अन्तरले पराजित गर्दै बुट्टाबारीेले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको १५ मिनेटमा बुट्टाबारीे युनाइटेडका सोना लिम्बुले गरेको पहिलो गोलनै खेलको निर्णायक गोल बन्यो । खेलको ५१ औँ मिनेटमा शनिश्चरे एफसीका अनिस राइले रातो कार्ड पाए पछी शनिश्चरे ८ खेलाडीमा सिमीत भएको थियो । खेल अवधी भर कुनै पनि गोल गर्न नसक्दा शनिश्चरे एफ सी प्रतियोगीताबाट बाहिरीएको छ । खेलमा निर्णायक गोल गरेका गरेका बुट्टाबारीेका सोना लिम्बु म्यान अफ दि म्याच बन्दै नगद १ हजार प्राप्त गरे । 

अमर युवा क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १९ गतेका दिन हुनेछ ।

Post Comments