News चौथो सुस्ता अध्यक्ष कप फागुन २० देखि
सुरज राना मगर

नर्सही । सुस्ता गाउँपालिकाको कायौलय, नवलपरासी, बसुपको आयोजनामा यही फागुन २० देखि ३० गतेसम्म चौथो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

सुस्ता–४, नर्सही स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । सुस्ता गाउँपालिका ४ नम्बर वडा कार्यालयको व्यवस्थापनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार प्राप्त गर्ने खेल संयोजक समराज गुरुङले बताए ।

त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक गुरुङले जानकारी दिए । साथै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको पनि संयोजक गुरुङले अनुरोध गरे ।

Post Comments