News आयोजक प्रथम जाँते कपको सेमिफाइनलमा
गोलनेपाल

लेटाङ ९ जाँतेमा जारी प्रथम जाँते नकआउट फुटबल प्रतियोगितामा आयोजक युवा तथा खेलकुद समिति, लेटाङ ९, जाँते सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा आयोजकले एकता क्लब, बिराटचोकलाई २–१ को हरायो ।

आयोजकको जितमा सौजन राई र अनिल तिमिल्सिनाले गोल गरे । उता पराजित एकताका लागि सुशान्त तामाङले गोल गरे । खेलको म्यान अफ दि म्याच आयोजकका सौजन राई घोषित भए । आयोजकले अब सेमिफाइनलमा असोज २६ गते पथरी स्पोर्टिङको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत बिहीबारको पहिलो सेमिफाइनल खेल सीएफसी उर्लाबारी र लेटाङ फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।

Post Comments