News सुर्यतारा कपसँगै खेल महोत्सव चैत पहिलो सातादेखि
उमेश पुन

पोखरा । सुर्य तारा क्लब तालचोक र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा चैतको पहिलो साता खेल महोत्सव हुने भएको छ । लेखनाथको भण्डारढिकमा आयोजना हुने खेल महोत्सवमा विभिन्न विधाका खेलहरु हुनेभएका छन् ।

खेल महोत्सव बारेमा जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक विष्णु पुनले खेलकुद क्षेत्रमा संस्थागत विकास गर्दै खेलको माध्यमबाट पर्यटन प्रर्बद्धन गर्न लागेको बताए । २०७५ सालमा स्थापित संस्थाले सुरुवातमा चाँदिको ट्रफीसहित भलिबल खेलको आयोजना गरेपनि पछिल्लो समय फुटबल खेल ओरालो लागेका कारण फुटबललाई प्राथमिकता दिदैँ खेल महोत्सव आयोजना गर्न लागेको सुनाए ।

उनका अनुसार खेल महोत्वसको मुख्य आकर्षणको रुपमा फुटबल रहेको छ । विभिन्न ६ विधा मध्ये फुटबल मुख्या खेल रहने उनको भनाई छ । ‘हामीले अहिले फुटसल खेलका देखेका छौं, पोखरामा सेभेन ए साएड फुटबल खेल खेलेको पनि देखेका छौं तर, फुटसल र सेभेन ए साइडले फुटबल खेलको विकास हुँदैन’ उनले भने, पछिल्लो समय पोखरामा त फुटबल प्रतियोगिता हुनै छाडेको अनुभूति भइरहेको छ त्यसैले हामीले भलिबल छाडेर फुटबल आयोजना गर्दैछौं ।’

पोखरा २९ लेखनाथस्थित भण्डारढिकमा रहेको खेल मैदानलाई प्रस्तावित भण्डारढिक रंगशालाको रुपमा अघि बढाउँदै प्रतियोगिता गर्न लागेको पुनले बताए । चैत ३ गतेदेखि ११ गतेसम्म हुने खेल महोत्सवमा फुटबल प्रतियोगिताको विजेताले नगद तीन लाख तीन हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले एक लाख ७७ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित टिमले नगद सात हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा कुल १६ टिमलाई मात्र स्थान दिने उनले सुनाए । ‘धेरै क्लबले हामीले खेल्न पाउनुपर्छ भनिरहेका छन् तर, हामीले सुरुमा आउने १६ क्लबलाई मात्र स्थान दिनेछौं ।’ उनले भने ।

Post Comments