News झापा गोल्डकपकाे छैटौं संस्करण आजदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुँदै
रमेश समदर्शी

झापा गोल्डकपकाे छैटौं संस्करण आजदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुँदैछ ।

उद्घाटन खेलमा संकटा क्लब र एपीफबीच प्रतिस्पर्धा हुँदैछ । गोल्डकपको तयारीस्वरुप बिर्तामोडको मुख्य चोक सिँगारिएको छ । सरसफाई गरिनुका साथै प्रचारप्रसार तीव्र बनाइएको छ । हेरिरहुँ लाग्नेगरी रंगशाला चिटिक्क बनाइएको छ ।

उद्घाटनको क्रममा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको प्रस्तुति रहनेछ । यस्तै, धुलाबारीको इष्ट होराइजन इङलिस स्कुलका विद्यार्थीले मार्चपाससँगै विभिन्न प्रस्तुति दिने तालिका रहेको छ । दुई वर्षपछि हुन लागेको झापा गोल्डको भव्य तयारी सम्पन्न भएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनले सबैको सहयोगबाट गोल्डकप सफल हुने बताएका छन् ।

१० हजारभन्दा बढी दर्शकले गोल्डकप हेर्न मिल्नेगरी बाँसको प्यारापिट तयार गरिएको छ । यती बु्रअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । आयोजकका तर्फबाट झापा ११ एफसीले प्रतिस्पर्धा गर्नेछ ।

गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

Post Comments