News बंगलादेशसँग भारत पराजित
गोलनेपाल

काठमाडौं । जारी साफ यु–१६ महिला च्याम्पियनसिपतर्फ मंगलबार लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बंगलादेशले भारतलाई हराएको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले भारतमाथि ३–१ को जित निकालेको हो ।

यो जितसँगै अपराजित रहेको बंगलादेश २ खेलबाट ६ अंकका साथ शिर्ष स्थानमा छ । र, फाइनल प्रवेशको सम्भावना लगभग सुनिश्चित गरेको छ । उता पराजित भारत भने ३ अंकका साथ दोस्रो स्थानमा छ । समान ३ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहँदा अंकविहीन भुटान पुछारमा छ ।

भारतले लिग चरणको आफ्नो तेस्रो तथा निर्णायक खेल बिहीबार नेपालसँग खेल्नेछ । त्यसको भोलीपल्ट बंगलादेशले भुटानको सामना गर्नेछ । लिग चरणको खेल पश्चात् शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल प्रवेशका लागि भारत र नेपाल दुवैको सम्भावना कायम छ भने भुटान बाहिरिसकेको छ ।

Post Comments