News झापा गोल्डकपमा आज महिलाहरुलाई प्रवेश निःशुल्क
रमेश समदर्शी

बिर्तामोड । यहाँ जारी छैठौं झापा गोल्डकप अन्तर्गत शुक्रबार हुने खेलमा ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी महिला दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ । महिला दर्शकहरुलाई आज प्रवेश निःशुल्क गरिएको कुरा आयोजकले समेत आधिकारिक रुपमा जानकारी गराएको छ ।

स्मरण रहोस, बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुने झापा गोल्डकपको पहिलो सेमिफाइनल अन्तर्गत आज (शुक्रबार) विभागीय भिडन्तका रुपमा एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै छन् ।

झापा गोल्डकप आयोजक समिति, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments