News भरतपुर च्याम्पियनसिप : उपाधि रक्षा गर्ने दाउमा २८ बिगा र आबुखैरेनी
गोलनेपाल

चितवन । सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनल शनिबार हुँदैछ । शनिबार उपाधिका लागि सेन्ट्रल कलेज २८ बिगा र आबुखैरेनी गाउँपालिका भिडैछन् ।

फाइनल अघि शुक्रबार आयोजित प्री म्याच कन्फ्रेसमा दुबै टिमका म्यानेजरले आफूहरु उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताएका छन् । २८ बिगाका म्यानेजर महेश अधिकारीले उपाधि भिडन्तका लागि आफूहरु तयार रहेको बताए ।

उनले अघिल्ला खेलहरुका गल्ती सुधारेर उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताए । "हामी फाइनलका लागि तयार छौं । पहिलो भरतपुर च्याम्पियनसिपको उपाधि जित्ने हाम्रो लक्ष्य छ', उनले भने ।

आबुखैरेनीका म्यानेजर इबस ढकालले विपक्षीलाई कमजोर आँँक्ने गल्ती नगर्ने बताए । तर आफ्नो टिम उपाधि दाबेदार रहेको उनको भनाइ थियो । "हामी विपक्षीलाई कमजोर रुपमा लिनेछैनौं तर हामी उपाधि दाबेबार हौं", उनले भने ।

२८ बिगा सेमिफाइनलमा घैरुङ एफसीलाई सडन डेथमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । उता आबुखैरेनीले गैंडाकोटविरुद्ध ३-० ले पराजित गर्दै २८ बिगासँँगको उपाधि भिडन्त पक्का गरेको हो ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता चैत १० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

Post Comments