News कपिलवस्तु तिलौराकोट गोल्डकपः थ्रीस्टारको विजयी शुरुवात
सुरज राना मगर

कपिलवस्तु । शनिबारदेखि शुरु भएको कपिलवस्तु तिलौराकोट गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले उत्कृष्ट जितका साथ विजयी शुरुवात गरेको छ । थ्रीस्टारले घरेलु टोली कपिलवस्तु–११ माथि शून्यका विरुद्ध ३ गोलको जित निकाल्दै विजयी शुरुवात गरेको हो ।

बुद्ध रंगशालामा भएको खेलमा थ्रीस्टारका लागि निरज चौधरीले दुई गोल गरे भने थप एक गोल दिपेश घलेले गरे । खेलमा थ्रीस्टारका निरज चौधरी म्यान अफ द म्याच समेत घोषित भए । यो जितसँगै थ्रीस्टार सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत चैत १८ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र हानामी बिएफसी, चितवन बीच हुने आयोजकले जानकारी दियो ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

(तस्विरः थ्रीस्टार क्लब)

Post Comments