News समस्यामा पर्दा खेलाडीलाई राज्य र निकायको पनि बेवास्ता
गोलनेपाल

पथरी । खेलकुद भनेको देशको शान हो र खेलको माध्यमबाट धेरै देशले विश्वमा आफ्नो पहिचान बनाएका छन । खेलकै माध्यमबाट ठुलठुला युद्धहरु रोकिएका छन । खेलकुदले मानिसलाई स्वस्थ र निरोगी राख्न सहयोग पुर्याउँदछ ।

हरेक देशका नागरिकले आफ्नो देशका लागि केहि गर्ने अठोट बोकेका हुन्छन । किशोर–किशोरीहरुले खेलको माध्यमबाट देशको नाम चम्काउने लक्ष्य बोकेर देशका लागि खेल्ने गर्दछन । तर तिनै खेलाडी समस्यामा पर्दा देशले त्यती चासो दिएको पाईदैन ।

यति खेर मोरङ विराटनगरका कमल खवास पारिवारीक समस्यामा परेका छन । खेलकुदको माध्यबाट देशका लागी केहि गर्ने सपना बोकेर हिडेका खवासको पिडामा आफ्नै खेलाडी साथीभाईले मात्रै बुझेका छन ।

खवासकी श्रीमती सृजन खरेल खवासको असार २० गते लुगा सुकाउने क्रममा घरको छतबाट खसेर ढाड भाचिएको थियो । आर्थिक रुपमा कमजोर रहेको खवास श्रीमतिको उपचार गर्न समस्या हुँदा चिनेका साथीभाइको आर्थिक सहयोगका कारण अस्पताल उपचार भईरहेको छ ।

उपचारका क्रममा ढाडको शल्यक्रिया गर्नु पर्ने भएकाले खवासलाई ठुलो संकट परेको थियो । ढाडको शल्यक्रियाका लागि मात्र ३ लाख खर्च लाग्ने भए पछि साथीभाईको सहयोगबाट उपचार सफल भयो । नोवेल अस्पतालमा सफल शल्यक्रिया पछि ६ साताका लागि थेरापी गर्नु पर्ने भनिएको छ । जसका लागि दैनिक १५ सय खर्च हुने खवासले बताएका छन् ।

नेपालका उत्कृष्ट क्लव थ्रीस्टार, हिमालयन शेर्पा, आरसिटी तथा मोरङ ११ का कप्तान समेत रहेका खवासकी श्रीमतीको उपचारमा न फुटवल संघले हेर्यो न सरकारले । आफुसँगै फुटवल खेलेका साथीहरुको सहयोगले श्रीमतीको उपचार भयो । तर राज्यका कुनै पनि निकायबाट सहयोग पाएनन् । देश र आफ्नो ठाउँका लागि ज्यानको बाजि राखेर खेल्ने खेलाडीको पिडा हो यो ।

सोही अवसरमा पथरी स्पोर्टिङ क्लवको पहलमा सहयोग अभियान चलाएर ७१ हजार ५ सय सहयोग उठाइयो । पथरी स्पोर्टिङ क्लवले देश तथा बिदेशमा हुने खेलाडी, खेलप्रेमी र व्यवसायीहरु सँग सहयोग संकलन गरि सहयोग गरेको पथरी स्पोर्टिङ क्लवका सदस्य सुमन बिकले जानकारि दिए ।

पथरी स्पोर्टिङ क्लवले सम्पुर्ण ब्यापारी,ब्यावसायी, खेलाडी तथा खेल प्रेमी महानुभावमा खेलाडीको दुःख बुझी सिद्धार्थ बैकमा भएको खाता नं. ००७१५२२८१५१ मा सहयोग गरिदिन अपिल पनि गरेको छ ।

 

Post Comments