News
कोशी पुलिस र लेटाङ अन्तिम चारमा
डाँडाबजार । कोशी पुलिस टिम र लेटाङ फुटबल क्लब यहाँ जारी जंग बहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन ।
तेस्रो क्वाटरफाइनलतर्फ कोशी पुलिसले आयोजक डाँंडाबजार एफसीलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
त्यस्तै चौथो क्वाटरफाइनलमा लेटाङले रारा फुटबल क्लबलाई १-० को झिनो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनायो । प्रतियोगिता अन्तर्गत दुवै सेमिफाइनल खेल आइतबार हुँदैछन ।
डाँडाबजार फुटबल क्लब, साँगुरीगढी, धनकुटाको आयोजनामा जारी भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ । प्रतियोगिताको फाइनल खेल भने बैशाख १७ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा