News
कोशी पुलिस र लेटाङ अन्तिम चारमा

डाँडाबजार । कोशी पुलिस टिम र लेटाङ फुटबल क्लब यहाँ जारी जंग बहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन ।
तेस्रो क्वाटरफाइनलतर्फ कोशी पुलिसले आयोजक डाँंडाबजार एफसीलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
त्यस्तै चौथो क्वाटरफाइनलमा लेटाङले रारा फुटबल क्लबलाई १-० को झिनो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनायो । प्रतियोगिता अन्तर्गत दुवै सेमिफाइनल खेल आइतबार हुँदैछन ।
डाँडाबजार फुटबल क्लब, साँगुरीगढी, धनकुटाको आयोजनामा जारी भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ । प्रतियोगिताको फाइनल खेल भने बैशाख १७ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- १२ औं रारा गोल्डकपमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश
- १२ औं रारा गोल्डकप: डिफेन्डिङ च्याम्पियन सहलेस पेनाल्टीमा पराजित, बिर्तामोड युनाइटेड सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: गोल्डेन स्टार भलुवा सेमिफाइनलमा
- धनकुटाको साँगुरीगढीमा बैशाख १७ गतेदेखि चौथो डाँडाबजार गोल्डकप हुने