News किकस्टार्ट–टोटेनह्याम एफसीको इलिट एकेडेमी कार्यक्रमका लागि खेलाडी छानिए (नामावलीसहित)
गोलनेपाल

काठमाडौं । टोखा भगवती क्लब, टोखाको पहलमा संचालित किकस्टार्ट–टोटनहम एफसीको इलिट एकेडेमी कार्यक्रमका लागि नेपालबाट १४ खेलाडीहरु छानिएका छन् ।

स्मरण रहोस, इलिट एकेडेमी कार्यक्रमका लागि काठमाडौंमा टोखा भगवती क्लबसँगको सहकार्यमा खुला ट्रायल कार्यक्रम आयोजना गरिएको थियो । सोही ट्रायलबाट अन्तिम चरणका लागि उत्कृष्ट १४ खेलाडीहरु छानिएका हुन् ।

छनोट भएका खेलाडीहरुले टोटनहमको क्षेत्रीय एकेडेमी किकस्टार्टसँग तालिम लिने अवसर पाउनेछन् । साथै उनीहरुले क्षेत्रीय एकेडेमीबाट टोटनहमका उच्च स्तरका खेलाडीसँग प्रशिक्षण गर्ने अवसरसमेत पाउने छन् ।

त्यसैगरी आवासीय एकेडेमीका लागि छनौट भएका खेलाडीहरुको नामावली भने छिटै प्रकाशित गरिने पनि क्लबले जनाएको छ ।

 

Post Comments