बुटवल । यहाँ सम्पन्न दोस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि साविक विजेता लिस्नु युवा क्लब, कोटिहवाले लगातार दोस्रोपटक जितेको छ । बिहीबार सम्पन्न फाइनलमा लिस्नुले इन्टर स्पोर्टस क्लब, बुटवललाई ३–१ ले हराउँदै उपाधि रक्षा गर्न सफल भएको हो ।
विजेता बनेको लिस्नुले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पारेको छ भने उपविजेताले इन्टरले ५२,२५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ द म्याच लिस्नुका कप्तान विश्वास थापा मगर चुनिए ।
अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक लिस्नु कै युगल थापा मगर बन्दा उत्कृष्ट डिफेन्डर इन्टर स्पोर्टसका आशिष पुन चुनिए । उत्कृष्ट मिडफिल्डर इन्टरका अनुज गैरे बन्दा उत्कृष्ट फरवार्ड लिस्नुका अनिष महर्जन घोषित भए ।
त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार इन्टरका आवेश शाहीले हात पार्दा उत्कृष्ट प्रशिक्षक लिस्नुका कुशल भण्डारी बने । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने लिस्नुका एमोस पुन घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, आयोजक इभोलुशन क्लब अफ बुटवलका अध्यक्ष राम बहादुर पुन, उपाध्यक्ष यम कुमार बलाल, खेल संयोजक अमर थापा मगर लगायतले पुरस्कृत गरेका थिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने