News फुलबारीलाई हराउँदै फर्साटिकर फाइनलमा
गोलनेपाल

फर्साटिकर युवा क्लब, सौ–फर्साटिकर यहाँ जारी ३२ औं झरना कप रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा फर्साटिकरले फुलबारी गाईजलाई ३–२ ले हराउँदै फाइनल स्थान पक्का गरेको हो ।

तिलोत्तमा ६, कुञ्जापुलस्थित उमा निमाविको खेलमैदानमा सम्पन्न खेलमा फर्साटिकरका लागि सुरज हमाल, सरोज दहाल र अफ्रिकी खेलाडी अब्बाले गोल गरे । उता पराजित फुलबारीका लागि लक्ष्मण रुचाल र शरद क्षेत्रीले गोल गरे ।

बिहीबारको खेलमा फुलबारीका लक्ष्मण रुचाल म्यान अफ द म्याच घोषित भए । अब प्रतियोगिताको फाइनल खेलमा असोज २७ गते शनिबार फर्साटिकरले लिस्नु युवा क्लब, कोटिहवाको सामना गर्ने आयोजक क्लबका अध्यक्ष लोक पुनले जानकारी दिए ।

झरना स्पोर्टस् क्लब, तिलोत्तमा ६, कुञ्जलापुरको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । त्यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ भने दुई सेमिफाइनलिस्ट टोलीले २१–२१ हजार प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट व्यक्तिगत विधातर्फका खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष लोक पुनले बताए ।

Post Comments