काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको छनौट खेलतर्फ नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडसँग भिड्ने तयारीमा रहेको भुटानी च्याम्पियन पारो फुटबल क्लबले जापानी सुपरस्टार केइसुके होण्डालाई क्लबमा आवद्ध गरेको छ ।
पारोले होण्डालाई क्लबमा सामेल गरेको कुरा आफ्नो सामाजिक सञ्जालमार्फत आधिकारिक रुपमा पनि जानकारी गराएको छ । क्लबले एएफस िच्यालेञ्ज लिग कै लागि भनेर होण्डालाई क्लबमा आवद्ध गराएको जानकारी दिएको छ ।
यद्यपि होण्डाले क्लबका लागि खेल्ने वा अन्य भूमिकामा पारोमा आवद्ध भएका हुन्, त्यसबारे भने खुलाइएको छैन । होण्डाको आगमनले टोलीलाई थप आत्मविश्वास, खेलाडीहरुलाईमैदानमा उत्कृष्ट प्रदर्शन गर्न हौसला मिल्ने क्लबले जनाएको छ ।
स्मरण रहोस, एएफसी च्यालेञ्ज लिगतर्फ पारो एफसीले आउँदो अगस्त १३ तारीखका दिन चर्च ब्वाईज युनाइटेडसँग खेल्ने कार्यक्रम छ । दुवै टोली त्यसका लागि तयारीमा व्यस्त छन् । जुन खेल काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछ ।