बुढिगंगा । मंगलबारदेखि शुरु भएको प्रथम बुढिगंगा मनसुन कप नकआउट फुटबल प्रतियोगितामा गोल्डेन स्टार युथ क्लब, जुनियर भलुवाले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा गोल्डेन स्टारले मेमोरी युवा क्लब, सोनापुरलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
बुढिगंगा–५, मोरङ स्थित कर्मविर माविको खेलमैदानमा भएको उद्घाटन खेलमा गोल्डेन स्टारका लागि दुवै गोल सुमन गच्छदारले गरे । उता पराजित मेमोरीका लागि सरोज हुसेनले गोल गरेका थिए ।
खेलमा गोल्डेन स्टारका सुमन गच्छदार म्यान अफ द म्याच घोषित भए । यो जितसँगै गोल्डेन स्टार क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत साउन १६ गतेको खेल बुढिगंगा युथ क्लब, मोरङ र जुनियर फुटबल क्लब, इनरुवा बीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बुढिगंगा गाउँपालिका, मोरङका अध्यक्ष जित बहादुर थापा मगरले गरेका थिए । यही साउन २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।