News गोल्डेन स्टार जुनियर सेमिफाइनलमा
गोलनेपाल

बुढिगंगा । संघर्षपुर्ण जित निकाल्दै गोल्डेन स्टार युथ क्लब, भलुवा जुनियर यहाँ जारी प्रथम बुढिगंगा मनसुन कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा गोल्डेन स्टारले पिपियु एफसी, मोतिपुर, मोरङलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने गोल्डेन स्टारले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा गोल्डेन स्टारका गोलरक्षक शुलभ विश्वास म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत साउन २२ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल जुनियर फुटबल क्लब, लखन्तरी, मोरङ र ग्रीन सिटी फुटबल क्लब, बनरझुला, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।

यही साउन २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।

Post Comments