News मकवानपुर: मङ्गोलियन यूथ क्लव बस्तीपुर र नमोबुद्ध युवा क्लव बसामाडी बिजयी
बिक्रम बानियाँ क्षेत्री

मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा जारी रजैया कप फुटबल प्रतियोगितामा शुक्रबारको खेलमा मङ्गोलियन यूथ क्लव बस्तीपुर र नमोबुद्ध युवा क्लव बसामाडी बिजयी  ।

पहिलो खेलमा मङ्गोलियनले हरियाली क्लव ज्यामिरे बी लाई सडनडेथमा हराएको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछी सडनडेथ मार्फत निर्णय लिइएको हो । खेलमा मङ्गोलियनका गोलरक्षक म्यान अफ द म्याच हुँदै नगद एकहजार सहित ट्रफी प्राप्त गरे ।

यस्तै दोस्रो खेलमा लामिटार यूथ क्लव हाँडीखोलालाई ३–१ गोल अन्तरले हराउँदै नमोबुद्ध यूथ क्लव बसामाडी बिजयी भयो । खेलको म्यान अफ द म्याचसहित भएका बादल थिङले बसमाडीका लागि ह्याट्रीक गरे । लामिटारको तर्फबाट लक्ष्मण राईले एक गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

ह्याट्रीक गरेका थिङ नै खेलको म्यान अफ द म्याच भए ।

शनिबार हरियाली युवा क्लव ज्यामिरे ए र योङ ब्वाइज क्लव मनहरी तथा राप्ती रिभर फुटबल क्लव आर आर एफसी० र ड्रीम एफसी लोथरको बीचमा खेल हुने आयोजक केदारेश्वर युवा क्लवका अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद २० हजार र उपविजेताले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बिहीवारबाट सुरु भएको प्रतियोगितामा १८ क्लवको सहभागिता रहेको छ ।

Post Comments