बुढिगंगा । यहाँ सम्पन्न प्रथम बुढिगंगा मनसुन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि गोल्डेन स्टार युथ क्लब, भलुवा जुनियरले हात पारेको छ । फाइनलमा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरीलाई टाईब्रेकरमा ३–१ ले हराउँदै गोल्डेन स्टार जुनियर विजेता बनेको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ गोल्डेन स्टार जुनियरका लागि अमन थन्दारले गोल गरेका थिए भने अर्को गोल्डेन स्टारका लागि श्रवण गच्छदारले गोल गरेका थिए ।
विजेता बनेको गोल्डेन स्टार युथ क्लब, भलुवा जुनियरले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता अर्को गोल्डेन स्टारले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
पराजित गोल्डेन स्टारका अनिल चौधरी फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद ५०० र मेडल हात पारे । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक विजेता गोल्डेन स्टार जुनियरका सुलभ विश्वास चुनिए ।
उदियमान खेलाडी आयोजक बुढिगंगा युथ क्लबका सुदिप सरदार बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार गोल्डेन स्टार जुनियरका शुभम गच्छदार र अर्को गोल्डेन स्टारका श्रवण गच्छदारले संयुक्त रुपमा हात पारे । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १–१ हजार र ट्रफी हात पारे ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गोल्डेन स्टार जुनियरका देवा कुमार रिषिदेव घोषित भए । त्यसवापन उतले नगद १५०० र ट्रफी हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभासद तथा पूर्व आर्थिक सामाजिक मन्त्री जिवन आचार्य लगायतले पुरस्कृत गरेका थिए ।