News रजैया कपमा सगरमाथा र खरङ्गा विजयी
बिक्रम बानियाँ क्षेत्री

मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा रहेको केदारेश्वर युवा क्लवको आयोजनामा जारी प्रथम रजैया कप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा सगरमाथा यूथ क्लव पदमपोखरी र खरङ्गा युवा क्लव मनहरी विजयी भएका छन् ।

पहिलो खेलमा सगरमाथाले हेटौंडा–१९ को सानान्टार युवा क्लवलाई टाइब्रेकरमा हराएको हो ।

खेलमा सगरमाथाका गोलरक्षक रोजक लामा म्यान अफ द म्याच भए । यस्तै मसिनको शान्ति सृजना क्लवलाई टाइब्रेकरमार्फत हराउँदै खराङ्गा क्लव अघिल्लो चरणमा प्रवेश गरेको छ ।

खेलमा खरङ्गाका गोलरक्षक अमिर गोङ्बा म्यान अफ द म्याच भएको आयोजक क्लवका अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए ।

Post Comments