News आयोजक छथर र पंचायन एफ.सी.छथर गाउँपालिका अध्यक्ष कपको सेमिफाइनलमा
गोलनेपाल

तेह्रथुमको छथरमा जारी पॉचौ गाउँपालिका अध्यक्ष आमन्त्रित पुरूष फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक छथर र पंचायन एफ सी सुनसरी प्रवेश गरेका छन ।

छथर खेलमैदानमा बिहीबार सम्पन्न पहिलो क्वाटरफाइनलमा आयोजक छथरले पाथिभरा एफ सी इटहरीलाई ३-० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । छथरका लागि नविन माझि,सन्तोष लिम्बु र मंगल तामाङले एक एक गोल गरे । खेलको म्यान अफ द म्याच छथरका नविन माझि घोषित भए । त्यस्तै बिहीबार नै सम्पन्न दोस्रो क्वाटर फाइनलमा पंचायन एफ सी सुनसरीले चुलाचुली स्पोटीङ क्लब दमक झापालाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

पंचायनको जितका लागि तीर्थ बस्नेतले एक र सन्दिप लिम्बुले दुइ गोल गरे । चुलाचुलीका तर्फबाट निशचल बस्नेतले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ द म्याच पंचायनका सन्दिप लिम्बु भए । म्यान अफ द म्याचले जनही दुइ हजार सहित टोकन अफ लभ प्राप्त गरे ।

शुक्रबार पनि क्वाटर फाइनलका अन्तिम दुई खेल सन्चालन गरीने खेल संयोजक रूपम अधिकारीले जानकारी दिनुभयो । शुक्रबार हुने तेस्रो क्वाटरफाइनल खेल छथर जोरपाटी धनकुटा vs सुन्दर हरैचा खोर्साने मोरङबिच दिनको १२ः३० बजे हुनेछ । त्यस्तै अन्तिम क्वाटर फाइनल खेल दिनको २ बजे एफ सी कुपी छथर vs म्याङलुङ स्पोटिङ क्लब बिच हुने अधिकारीले जानकारी दिनुभयो ।

भदौ ४ गते सम्म सन्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र र उपविजेताले १ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभयो। प्रत्येक खेलको म्यान अफ द म्याचले दुइ हजार सहित टोकन अफ लभ प्राप्त गर्नेछन ।

Post Comments