फुङलिङ । बुटवल लुम्बिनी फुटबल क्लब, रुपन्देहीका डिफेन्डर गौरव श्रेष्ठको शल्यक्रिया गर्नुपर्ने भएको छ । जारी दोस्रो ताप्लेजुङ गोल्डकपको तेस्रो क्वाटरफाइनलतर्फ बुधबार सगरमाथा युथ क्लब, मोरङ विरुद्ध खेल्ने क्रममा गौरव पहिलो हाफ मै चोटिल बन्न पुगेका थिए ।
गोलनेपालले चोटिल गौरवसँग कुराकानी गर्दा उनले कुमको शल्यक्रिया गर्नुपर्ने बताए । हाल झापामा रहेका गौरवले बिहीबार बिहानै काठमाडौं जाने योजना समेत सुनाए । चोटिल गौरवले कति समय मैदान बाहिर रहनुपर्ने हो, त्यसबारे भने चिकित्सकको सल्लाहअनुसार नै भन्न सकिने बताए ।
स्मरण रहोस, सो खेलमा सगरमाथाले बुटवल लुम्बिनीलाई हराउँदै अन्तिम चारमा प्रवेश गरिसकेको छ । यद्यपि अनुभवी र भरपर्दा डिफेन्डर गौरव खेलको शुरुवात तिरै घाइते बन्दा बुटवल लुम्बिनी थप दबाबमा परेको थियो । र, पाहुना टोली सगरमाथा विरुद्ध फेरि खेलमा फर्क सकेन ।
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि