News
कसेरी टोललाई उपाधि

पोखरा । एमसी एण्ड वामे खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि कसेरी टोल फुटबल क्लबले जितेको छ । फाइनलमा एट टु नाईन क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै कसेरी च्याम्पियन बनेको हो ।
विजेता बनेको कसेरी टोलले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता एट टु नाईनले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
व्यक्तिगत विधातर्फ दिप कार्की उत्कृष्ट गोलरक्षक चुनिए । अनुज भण्डारीले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पार्दा अभिषेक इमर्जिङ प्लेयर चुनिए । त्यस्तै सिआर गुरुङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने