पिपरिचापा । सहज निकाल्दै हरैया फुटबल क्लब, हरैया यहाँ जारी प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ हरैयाले मनोभाव फुटबल क्लब, बुटवललाई शून्यका विरुद्ध ५ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
हरैयाको जितमा जितेश गुरुङ र विज्ञान गुरुङले दुई–दुई गोल गरे । थप एक गोल भने रोशन गुरुङले गरे । खेलमा हरैयाका जितेश गुरुङ म्यान अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत भदौ १० गते सोमबारको प्रिक्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र सौभाग्य युवा क्लब, बुटवल बीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।
गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भदौ २० गतेका दिन हुनेछ ।