News नाम्लोलाई स्व. दिपेश विश्वकर्मा स्मृति प्रथम फ्रेन्स कपको उपाधि
सुरज राना मगर

बुटवल । यहाँ सम्पन्न स्व. दिपेश विश्वकर्मा स्मृति प्रथम फ्रेन्स कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि नाम्लो फुटबल क्लबले जितेको छ । फाइनलमा डिवाइसी, देवीनगरलाई टाईब्रेकरमा हराउँदै नाम्लो च्याम्पियन बनेको हो ।

त्यसअघि बुटल–७ स्थित सिद्धेश्वरी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ नाम्लोका लागि कमल भट्टराईले गोल गरेका थिए भने डिवाइसीका लागि दर्शक बिकले गोल गरेका थिए ।

विजेता बनेको नाम्लोले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता डिवाइसीले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ नाम्लोका राहुल मुखिया उत्कृष्ट गोलरक्षक बने । सर्वाधिक गोलकर्ताको पुरस्कार डिवाइसीका मिलन आलेले हात पार्दा सर्वोत्कृष्ट खेलाडी पनि डिवाइसी कै सुजित चौधरी चुनिए ।

फ्रेन्स युथ क्लब, बुटवलको आयोजनामा भएको प्रतियोगितामा कुल ३२ टोलीहरले सहभागिता जनाएको खेल संयोजक प्रिन्स गुरुङले जानकारी दिए । साथै उनले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

Post Comments