News सर्लाहीमा दोस्रो मेयर कप फुटबल शुरु
गोलनेपाल

बागमति । प्रदेश नम्बर २ बागमति नगरपालिका सर्लाहीमा दोस्रो बागमति मेयर कप फुटबल प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ ।

बागमति स्थित अन्नपुर्ण सहारा क्लब खेल मैदानमा भएको उद्घाटन खेलमा वडा नम्बर १२ ले विजयी शुरुवात गर्यो । विजयी शुरुवात गर्ने क्रममा वडा नम्बर १२ ले वडा नम्बर १ लाई २–१ ले हरायो ।

त्यसअघि विधानसभा सदस्य डिल्ली प्रसाद उप्रेती तथा बागमति नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगितामा बागमति नगरपालिका भित्रका वडाहरुले सहभागिता जनाएका छन् ।

 

Post Comments